वीरगन्ज :

राैतहटमा पेस्तोल सहित एक जना पक्राउ

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.0kViews
1568 Shares
वीरगंज । राैतहट प्रहरीले पेस्ताेल सहित एक जनालाई पक्राउ गरेकाे छ । विशेष सूचनाकाे आधारमा प्रहरीले आइतबार रौतहटकाे गढीमाई नगरपालिका वडा नं. -१ समनपुर निवासी ५१ बर्षिया बिरेन्द्र राउतलाई पक्राउ गरेकाे हाे ।
राउतको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएकाे प्रहरी टोली निजको घरको आँगनमा खोज तलास गर्ने क्रममा झारपातले छोपी लुकाई छिपाई राखेकाे कटुवा पेस्तोल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।
 बरामद कटुवा पेस्तोल र निज राउत समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *