वीरगन्ज :

रामको जन्म नेपालमै भएको प्रचार गर्न नडराऔँ: प्रधानमन्त्री ओली

श्रेणी : धर्म संस्कृति

12 months
Pradeep Sah
2.4kViews
1484 Shares

काठमाडौं,२३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थान नेपालमै रहेको दाबी पुनः दोहोर्याउँदै त्यसबारे प्रचार गर्न नडराउन आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चितवनको माडीस्थित ठोरी क्षेत्रलाई रामको जन्मभूमि भएको पुष्टि गर्दै यसबारे प्रचारमा संकोच नगर्नु पर्ने बताए।

प्रधानमन्त्री ओलीले भने,”अरू रिसाउँछन् भनेर रामको जन्मभूमि नेपाल हो भन्ने हिम्मत गर्दैनौँ। तर हामी डराउनुपर्ने कुनै कारण छैन। वाल्मीकिकृत रामायणमा रामको जन्मभूमि वर्तमान नेपालको भूभागमा परेको स्पष्ट उल्लेख छ।”

उनले थपे,”केही व्यक्तिले कथा हालेर रामको जन्मभूमि अन्यत्र सार्न सक्दैनन्। इतिहास, भूगोल र धार्मिक सन्दर्भले पनि ठोरी क्षेत्र नै रामको जन्मथलो हो भन्ने देखाउँछ।”

प्रधानमन्त्री ओलीले राम, विश्वामित्र र शिवजस्ता धार्मिक पात्रहरूसँग नेपालको सम्बन्ध ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले गहिरो रहेको बताउँदै यस्ता धार्मिक र सांस्कृतिक आधारमा पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *