वीरगन्ज :

काठमाडौँ ल्याइएपछि विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान सुरु

श्रेणी : BANNER

2 hours
Pradeep Sah
3.0kViews
1426 Shares

काठमाडौं, ९ असार ।  सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मंगलबार बिहान ललितपुर ल्याइएको छ। उनीमाथि थप अनुसन्धान अघि बढाउन सम्बन्धित निकायले प्रक्रिया तीव्र बनाएको जनाएको छ।

सोमबार साँझ सुर्खेतबाट पक्राउ परेका पौडेललाई प्रारम्भिक रूपमा बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने योजना बनाइएको थियो। तर सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरीले उनलाई रातारात सार्वजनिक यातायातमार्फत काठमाडौँ पठाएको स्रोतले जनाएको छ।

कलङ्की र बल्खु क्षेत्र हुँदै राजधानी ल्याइएका पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा पुर्‍याइएको छ। विभागको औपचारिक पत्राचार तथा निर्देशनका आधारमा नै पक्राउ प्रक्रिया अघि बढाइएको बताइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पौडेललाई नियन्त्रणमा राखेर विस्तृत अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ। त्यसका लागि आजै अदालतमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया पूरा गरिने जनाइएको छ।

पौडेलको पक्राउपछि राजनीतिक वृत्तमा समेत चर्चा चुलिएको छ। एमालेले यस विषयलाई राजनीतिक प्रतिशोधसँग जोडेर हेर्ने संकेत गरिरहँदा अनुसन्धान प्रक्रिया भने आफ्नो गतिमा अघि बढिरहेको सम्बन्धित निकायको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *