श्रेणी : अपराध

वीरगंज (पर्सा), ३० वैशाख । पर्सामा राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोलीले लामो समयदेखि लुकिछिपी बस्दै आएका एक प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।
प्रहरीका अनुसार मिति २०८३ वैशाख ३० गते दिउँसो करिब २ः३० बजे खटिएको प्रहरी टोलीले सम्मानित पर्सा जिल्ला अदालतको फैसलाअनुसार राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका प्रबिन्द्र साह गोढ लाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्ने गोढ पर्साको साविक बेल्वा गाविस–५ हाल वीरगंज महानगरपालिका–३१ निवासी ४२ वर्षीय व्यक्ति हुन् । अदालतले उनलाई राजस्व चुहावट मुद्दामा ६ महिना कैद सजायसँगै ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तोकेको थियो । फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्मानित पर्सा जिल्ला अदालत मा पेश गरेको जनाएको छ ।
प्रहरीले अदालतबाट फैसला भएका फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी बनाउँदै लगिएको समेत जनाएको छ ।


प्रतिक्रिया