वीरगन्ज :

नारायणी अस्पतालको नेतृत्वमा फेरि डा. चुमनलाल दासको ‘कमब्याक’

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.1kViews
1096 Shares

बीरगन्ज,०३ वैशाख । बीरगन्जस्थित नारायणी अस्पताल को मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. चुमनलाल दास पुनः फर्किने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले उनलाई काज फिर्ता गर्दै पुनः अस्पतालको प्रमुख जिम्मेवारीमा पठाउने निर्णय गरेको हो।

यसअघि २०८१ असोजमा पनि उनी नारायणी अस्पतालको मेसुको जिम्मेवारीमा थिए। करिब एक वर्षको कार्यकालपछि उनलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको थियो। हाल पुनः मन्त्रालयस्तरीय निर्णयमार्फत उनी अस्पतालमै फर्किएका हुन्।

बिहीबार मन्त्रालयले ११औँ तहका उच्च अधिकारीहरूको सरुवा तथा काज फिर्ता गर्ने क्रममा डा. दासलाई पुनः नारायणी अस्पतालको नेतृत्वमा पठाएको जनाएको छ।

त्यसै क्रममा मन्त्रालयले विभिन्न महाशाखामा पनि प्रमुखहरू हेरफेर गरेको छ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र बढुवा प्राप्त डा. गुणनिधि शर्मा लाई नयाँ जिम्मेवारीमा पठाइएको छ।

त्यस्तै, स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटा लाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा सरुवा गरिएको छ भने गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मा लाई वीर अस्पतालमै काज फिर्ता गरिएको छ।

डा. कृष्णप्रसाद पौडेल लाई पनि काज फिर्ता गर्दै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको भए पनि हाल उनी स्वास्थ्य बीमा बोर्डमै कार्यरत रहने जनाइएको छ।

मन्त्रालयले यी सरुवा तथा पदस्थापनहरू सेवा प्रवाहलाई प्रभावकारी बनाउन गरिएको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *