वीरगन्ज :

मकवानपुरमा जलेर पुरुषको मृत्यु

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.8kViews
1535 Shares

हेटौँडा, २१ चैत्र । मकवानपुरको भीमफेदी गाउँपालिकामा एक पुरुषको जलेर मृत्यु भएको छ। ४९ वर्षीय अकिलबहादुर पाख्रिन बुधबार राति आगलागी भएको स्थानमा पुगेका बेला भीरबाट लडेर मृत्युको शिकार बनेका हुन्।

स्थानीय सामुदायिक वनमा बुधबार दिउँसोदेखि डढेलो लागिरहेको थियो। आगोले गोठमा आगलागी हुन सक्ने आशंका गर्दा पाख्रिन पत्नी र दाजुसहित राति ११ बजे डढेलो भएका स्थानतर्फ गएका थिए। हेर्ने क्रममा उनी भीरबाट खसेका थिए।

उनीहरूलाई रातभर पाख्रिनको खोजी गरेपछि बिहीबार बिहान डढेलोको धुवाँका बीचमा मृत अवस्थामा उनका शव फेला परे। पाख्रिनको शव भीरबाट २०० मिटर तल भोर्लाको लहरामा अडिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *