वीरगन्ज :

बीरगन्जमा निःशुल्क आँखा शिविर सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.0kViews
1523 Shares

बीरगन्ज,१० फागुन । बीरगन्ज महानगरपालिका वडा नं. २३ मा नेकपा वडा कमिटीको आयोजनामा माट्रिका आइ फाउन्डेसनको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व नगरप्रमुख विजय कुमार सरावगी रहनुभएको थियो। शिविरमा विभिन्न आँखासम्बन्धी समस्याहरू पहिचान गरिँदा चिकित्सकहरूको टोलीले मोतियाबिन्दु शल्यक्रिया समेत निःशुल्क गरिने जानकारी गराएको छ।

शिविरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। आयोजकहरूले यस्ता स्वास्थ्य सेवाहरू आगामी दिनमा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *