वीरगन्ज :

नारायणी पुलबाट नदीमा हाम्फाले गैंडाकोटका ४० वर्षीय सन्तोष रानभाट, खोजी अभियान जारी

श्रेणी : BANNER

6 hours
Pradeep Sah
1.8kViews
1090 Shares

चितवन, ५ साउन नारायणी पुलबाट आज बिहान करिब ७ बजे एक व्यक्तिले नदीमा हाम्फालेका  छन। प्रारम्भिक विवरणअनुसार नदीमा हाम्फाल्ने व्यक्ति गैंडाकोट नगरपालिका–१ निवासी अन्दाजी ४० वर्षीय सन्तोष रानभाट रहेको गैंडाकोट प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रानभाटले प्रयोग गरेको लेडिज साइकल पुलमै बेवारिसे अवस्थामा फेला परेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालयको विपद् व्यवस्थापन टोली तथा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरी नारायणी नदीमा खोजी अभियान सञ्चालन गरिएको छ।

घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुखका अनुसार घटनाबारे आवश्यक अनुसन्धान जारी छ भने बेपत्ता रानभाटको खोजी कार्य पनि निरन्तर भइरहेको छ।

स्थानीयवासीका अनुसार पछिल्ला वर्षहरूमा नारायणी पुलबाट नदीमा हाम्फाल्ने घटनाहरू बढ्दै गएको देखिएको छ। यसलाई मध्यनजर गर्दै पुल क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

यस घटनासँग सम्बन्धित कुनै पनि विश्वसनीय जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *