वीरगन्ज :

धनुषामा टिपरबाट पुरिएर क्रसर सञ्चालकको मृत्यु

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.8kViews
1970 Shares

धनुषा,१५ असोज । धनुषामा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा पुरिएर एक क्रसर सञ्चालकको मृत्यु भएको छ।

मिथिला नगरपालिका–३, लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतोको दुर्घटनामा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे उद्योग परिसरमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा अचानक पल्टिएको थियो।

टिपर पल्टिँदा महतो त्यसमा पुरिएका थिए। उद्योग परिसरमै रहेको जेसीबीको सहयोगमा तत्काल उद्धार गरी गम्भीर अवस्थामा उनलाई उपचारका लागि जनकपुरधामस्थित जानकी मेडिकल कलेज, रमदैया लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका करिब ३० वर्षीय हरि ब.बि.क. पनि घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी खनालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *