वीरगन्ज :

पकाहाँमैनपुरमा प्रमुख प्रशासकीय अधिकृत सिंहले सम्हाले जिम्मेवारी

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.9kViews
1240 Shares

वीरगंज,१५ असोज । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुमितकुमार सिंहले पदभार ग्रहण गरेका छन्।

गाउँपालिकामा हाजिर भएका सिंहलाई गाउँपालिका अध्यक्ष सुरेश मेहताले दोसल्ला ओढाएर स्वागत गरेका थिए। स्वागत कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरफून नेशासहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा समाजसेवीहरूको सहभागिता थियो।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत सिंहले गाउँपालिकामा सुशासन कायम गर्दै प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

उनले जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीच आवश्यक समन्वय र सहकार्य कायम गरी नागरिकलाई सहज, छिटोछरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *