वीरगन्ज :

प्रहरीले सर्लाहीबाट भरुवा बन्दुकसहित युवक नियन्त्रणमा लियो

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.4kViews
1380 Shares

सर्लाही,१२ जेठ । सर्लाहीको बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट प्रहरीले एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

सर्लाहीकै बागमती नगरपालिका-२ सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनी तीन/चारजनाको समूहमा बन्दु बोक बोकेर हिँडिरहेका थिए । उक्त समूह प्रहरीलाई देख्नासाथ भागेका थिए । तीमध्ये घलान पक्राउ परेका हुन् ।

उनको साथबाट भरुवा बन्दुक थान-१ (एक), सोही बन्दुकको फलामको रड थान-१ (एक), प्लाष्टिकको डब्बासहित कालो रंगको धुलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा ३५ (पैंतिस) ग्राम र स्टिलको डब्बासहित कालो रंगको धुलो पदार्थ १४० (एकसय चालिस ग्राम), साइकलमा प्रयोग हुने फलामको बल ८० (असी) थान र फलामको रडको टुक्रा ५ (पाँच) थान बरामद गरिएको छ ।

उनलाई हातहतियार खरखजानासम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *