श्रेणी : BANNER
203Views
0
Shares
काठमाडौं । सत्ता गठबन्धनका दलहरुले निर्वाचन परिणामले प्रतिनिधि सभा विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठबन्धनलाई उदांगो पार्दै परास्त गर्नु परेको बताएका छन्।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपील जारी गरेका हुन्।
अपीलमा उनीहरुले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन भनेका छन्। संविधानको भावनाअनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनुपर्ने उनीहरुको भनाइ छ।


प्रतिक्रिया