वीरगन्ज :

पर्सा ट्राफिक प्रहरी कार्यालयको स्थलगत निरीक्षणमा एसपी पाठक

श्रेणी : मधेस

17 hours
Pradeep Sah
2.4kViews
1456 Shares

बीरगन्ज,०४ साउन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्।

श्रावण ४ गते भएको निरीक्षणका क्रममा एसपी पाठकले ट्राफिक व्यवस्थापनको अवस्था, प्रहरी सेवाको प्रभावकारिता तथा कार्यालयको दैनिक कार्यसम्पादनबारे जानकारी लिएका थिए।

निरीक्षणपछि उनले ट्राफिक प्रहरी कर्मचारीलाई सडक सुरक्षा, सवारी व्यवस्थापन, नागरिकमैत्री सेवा प्रवाह र जिम्मेवारी निर्वाहमा थप सक्रिय हुन निर्देशन दिए।

एसपी पाठकले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, दुर्घटना न्यूनीकरण तथा आम नागरिकलाई सहज र सुरक्षित यातायात वातावरण निर्माणमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *