श्रेणी : BANNER

वीरगन्ज,२६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अधिवेशनमा संस्थापन पक्षले निर्णायक जीत हात पारेको छ। तीन सांसदको संयुक्त गठबन्धनलाई पराजित गर्दै सांसद हरि पन्त नेतृत्वको प्यानल विजयी भएको हो।
मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार रामाकान्त चौरसिया, टेकबहादुर शाक्य र सुशील कानुको गठबन्धनलाई पछि पार्दै पन्त समूहले जिल्ला कार्यसमितिमा स्पष्ट बहुमत हासिल गरेको हो।
सभापति पदमा हरि पन्त १६६ मतसहित निर्वाचित भए भने उनका निकटम प्रतिस्पर्धी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरे। पन्तले ४८ मतान्तरले जित सुरक्षित गरेका हुन्।
उपसभापतिमा पनि पन्त पक्षकै दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी रंदीप श्रीवास्तवले ११४ मत प्राप्त गरेका थिए।
सचिव पदमा सुदिशकुमार प्रजापति ४४ मतान्तरले विजयी भए भने सहसचिवमा कृष्णा पासवान ३६ मत बढी ल्याउँदै निर्वाचित भएका छन्।
सदस्य पदमा पनि पन्त समूहकै वर्चस्व देखिएको छ। तुलसा पौडेल अधिकारी १६० मतसहित सबैभन्दा लोकप्रिय सदस्य बनेकी छन्। साथै प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि सदस्यमा निर्वाचित भएका छन्। यस परिणामसँगै पर्सामा रास्वपाभित्रको आन्तरिक शक्ति सन्तुलन संस्थापन पक्षतर्फ स्पष्ट रूपमा ढल्किएको देखिएको छ।


प्रतिक्रिया