श्रेणी : BANNER
91Views
0
Shares
काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । सचिवालयले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
संघीय संसद् सचिवालयले सूचना जारी गरी भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा(१)तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउन भनेको हो ।
सांसदहरुले साउन १ गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सक्नेछन्। सांसदहरुले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तथा सम्पत्तिको स्रोत खुलाउने विवरण पनि पेस गर्नुपर्ने छ।


प्रतिक्रिया