वीरगन्ज :

नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीमा मनोनयन दर्ता

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.9kViews
1709 Shares

काठमाडौं,०८ माघ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ।

आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ। उम्मेदवारी दर्ता अनलाइनमार्फत् भइरहेको अखिल क्रान्तिकारीले जनाएको छ।

२३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ। अध्यक्षमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापालगायत दावेदार छन्।

निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहे पनि सहमतिको प्रयास पनि जारी रहेको नेताहरुले बताएका छन्। केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ।

जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *