वीरगन्ज :

कलैयाका मेयरलाई धम्की दिने सखुवा प्रसाैनीका गिरी पक्राउ

श्रेणी : BANNER

3 years
Pradeep Sah
2.7kViews
1634 Shares

वीरगंज । बाराकाे कलैया उप महानगरपालिकाका नगर प्रमुख (मेयर) विनाेद साहलाई धम्की दिएकाे आराेपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएकाे विशेष प्रहरी टाेलीले नगर प्रमुख विनोद साहलाई धम्की दिएकाे आराेपमा बुधबार पर्साकाे सखुवा प्रसौनी गाँउपालिका वडा नं.५ महुवन निवासी ३६ बर्षिय भोला गिरीलाई नियन्त्रणमा लिएकाे हाे ।

अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भनी नगर प्रमुखले जानकारी गराए पश्चात तत्काल विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरी गिरीलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय बारा कै हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले वताए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *