वीरगन्ज :

टी-२० क्रिकेटमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
Pradeep Sah
2.5kViews
1170 Shares

काठमाडौं,२२ माघ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार चौथो हार बेहोरेको छ। मंगलबार थाइल्यान्डसँग ५ रनको हारपछि नेपाल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा १०१ रनमात्र बनाउन सक्यो। नेपालका लागि पूर्व कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाउँदा कविता जोशीले २४ रनको योगदान दिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। थाइल्यान्डका चनिदा सुथिरुले २७ रन र थिप्त्चा पुथावोङले २५ रन बनाउँदै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए ।

नेपालका लागि बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन् भने पूजा महतो र रचना चौधरीले समान १-१ विकेट हात पारे। प्रतियोगितामा नेपालले यसअघि पनि लगातार तीनवटा खेल गुमाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *