वीरगन्ज :

एसपी भट्टले मानव सेवा आश्रममा सहयोग गर्ने प्रतिबद्धता

श्रेणी : मधेस

1 year
Pradeep Sah
1.9kViews
1214 Shares

बीरगन्ज,२० साउन । हालै पर्सा सरुवा भएर आएका सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्टले बीरगन्जस्थित मानव सेवा आश्रमको मंगलबार निरीक्षण गरेका छन्।

आश्रम अवलोकनको क्रममा एसपी भट्टले त्यहाँ आश्रय लिइरहेका जेष्ठ नागरिकहरूसँग संवाद गरे भने बिहानको भोजन सेवामा पनि सहभागिता जनाउँदै सामाजिक उत्तरदायित्वप्रति संलग्नता देखाए।

ड्राइपोर्टस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका निरीक्षक सुरेन्द्र राज खड्कासँगै आश्रम पुगेका एसपी भट्टले सशस्त्र प्रहरी बलको सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा व्यक्तिगत र संस्थागत सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा मानव सेवा आश्रम वीरगन्जका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार, आयुष गिरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *