वीरगन्ज :

इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु

श्रेणी : दुर्घटना

2 hours
Pradeep Sah
1.7kViews
1550 Shares
सर्लाही,०२ जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्बास्थित एक इँटा भट्टामा शुक्रबार साँझ भएको दुर्घटनामा तीन मजदुरको ज्यान गएको छ। इँटा निकाल्ने क्रममा माटो र इँटाको ठूलो थुप्रो खस्दा उनीहरू पुरिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राई का अनुसार दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता–९ का ३५ वर्षीय शम्भु राउत तथा भारत लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको हो।

घटना कृष्ण इँटा भट्टा मा भएको प्रहरीले जनाएको छ। भट्टा सर्लाहीकै कौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गर्दै आएका थिए।

दुर्घटनामा मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। घाइतेमध्ये तुलसीको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने सत्यनारायणको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि ईलाका प्रहरी कार्यालय हरिपुर बाट खटिएको टोलीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *