वीरगन्ज :

आशा किरण केन्द्रको दशौं वार्षिकोत्सव सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
1.9kViews
1098 Shares

वीरगंज । वीरगंजस्थित सिद्धार्थ माद्यमिक विद्यालयकाे प्राङ्गणमा रहेकाे सुस्त मनस्थिति, मस्तिष्क पक्षघात, मान्सिक विकलांग बालबालिकाहरुको स्याहारसुसार गर्ने संस्था आशा किरण केन्द्रको दशौ वार्षिकोत्सब शनिबनार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रख्यात संगीतकार एवं कलाकार आनन्द कार्कीले पानसमा बत्ती बालेर कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा आशा किरणका बालबालिकाहरुले आफ्नो पेन्टिङ प्रस्तुतीकरण, नृत्य सङित प्रस्तुत गरेर पाहुनागरुलाइ स्वागत गरेका थिए ।

साे अवसरमा वीरगंज महानगरपालिकाका पुर्व मेयर बिजय कुमार सरावगी, क्वेष्ट फर्मास्वीटिकल्सका प्रमुख पृथ्वीराज भन्डारी, एस.पि. वर्मा, गणेश प्रसाद लाठ, रमेश अग्रवाल लगायतकोले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वर्ष भरी संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्ने र आजिवन सदश्य प्राप्त गर्नेलाइ दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको थियो भने भबिस्यमा पनि बालबालिकाको क्षेत्रमा सहयोग गर्न गराउनको लागि प्रमुख अतिथि आनंद कार्किले आग्रह गरेका थिए ।

कार्यक्रममा मानवसेवाका देवेस गुप्ता, युवा नेता राकेश यादव, राकेश मिश्र, रोट्राक्टका अनिल ज्यासवाल, लेडिज सर्कलकि रशमि दास, रेणु अग्रवाल, सपना अग्रवाल, नुतन सरावगी, अफ्शाना खातुन, चन्दन सिह, हरिओम साह, अनिसकान्त कुश्वाहा, रामबिनय यादव, प्रकाश कर्ण, किरण परियार, ग्यासुदिन ठकुराइ, सिन्धु कुश्वाहा, अनिल चौधरी, प्रभात पन्जियार लगायतको उपस्थिति रहेको थियाे भने कार्यक्रमकाे संचालन केन्द्रका महासचिव राजन श्रीवास्तव र उजवल कुमारले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *