वीरगन्ज :

सोमबारदेखि देशभर कक्षा १२ परीक्षा सुरु

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
2.6kViews
1903 Shares

काठमाडौँ,०९ वैशाख । कक्षा १२ को परीक्षा वैशाख १४ गते सोमबारदेखि देशभर सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशका ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुनेछन्।

परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। २०७९ सालपछि आंशिकतर्फका विद्यार्थी पनि परीक्षामा सहभागी हुने व्यवस्था गरिएको हो।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या घटेकाले परीक्षा केन्द्रहरूको संख्या पनि कम गरिएको छ। यस वर्ष देशभर १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ।

गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए। उक्त परीक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सामग्री, उत्तरपुस्तिका लगायत सबै तयारी पूरा भइसकेको छ। परीक्षा सञ्चालन हुने दिन नै केन्द्राध्यक्ष र सुरक्षाकर्मीको उपस्थितिमा अनलाइनमार्फत प्राप्त प्रश्नपत्र प्रिन्ट गरी परीक्षार्थीलाई वितरण गरिने व्यवस्था मिलाइएको छ।

परीक्षा वैशाख २७ गते सम्पन्न हुने कार्यतालिका रहेको छ। उत्तरपुस्तिका परीक्षण यस वर्ष पनि बोर्डले तोकेको केन्द्रमा नै गरिनेछ, जसका कारण तीन महिनाभित्र नतिजा प्रकाशित हुने अपेक्षा गरिएको छ।

यसैबीच, कक्षा १० (एसईई) को उत्तरपुस्तिका परीक्षण केन्द्रमै गर्ने तयारी गरिएको छ, जसले एक महिनाभित्र नतिजा प्रकाशित गर्ने लक्ष्य राखिएको छ।

गत वर्ष एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० मा यो दर ४८ प्रतिशत मात्र थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *