वीरगन्ज :

आन्दोलनमा ज्यान गुमाएका प्रहरीका प्रतिपरिवारलाई १० लाख सहयोग, IGPदेखि इन्स्पेक्टरसम्मको तलब कट्टी हुने

श्रेणी : BANNER

10 months
Pradeep Sah
2.9kViews
1535 Shares

काठमाडौ,३१ भदौ । जेन–जी आन्दोलनका क्रममा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार प्रहरी महानिरीक्षक (IGP)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई जनही १० लाख रुपैयाँ सहयोग दिइनेछ।

डीआईजी घिमिरेले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, “भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाका क्रममा शहीद भएका प्रहरीका परिवारलाई IGPदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरिएको छ।”

यस निर्णयले आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई तत्काल राहत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *