वीरगन्ज :

१ अर्ब ८९ करोडको हुण्डी कारोबार आरोपमा एक जना पक्राउ

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
1.7kViews
1670 Shares

काठमाडौं,१३ साउन । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ।

सीआईबीले गोप्य सूचनाका आधारमा शंकास्पद बैंकिङ कारोबारको विश्लेषण गर्ने क्रममा धादिङका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल हुण्डी कारोबारमा संलग्न रहेको निष्कर्ष निकाल्दै पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी करिब १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि साउन १२ गते नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धादिङको साविक सत्यदेवी–८ स्थायी घर भई हाल नागार्जुन–८ बस्दै आएका रिजालमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *