वीरगन्ज :

सुत्केरी बेथा लागेको चार दिनपछि गर्भवतिको हवाइ उद्धार

श्रेणी : समाचार

2 years
birgunj report
114Views
0 Shares

काठमाडौ । भदौ १८ गते
चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाइ हवाइ उद्धार गरिएको छ ।ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।

लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *