वीरगन्ज :

श्री गहवामाई रथयात्राको अवसरमा वीरगञ्जका सबै विद्यालयमा बिहीबार सार्वजनिक बिदा

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.1kViews
1765 Shares

वीरगंज (पर्सा), ३१ असार । श्री गहवामाईको ऐतिहासिक चौथो रथयात्रालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिहीबार पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार रथयात्राको अवसरमा विद्यालय सञ्चालन नगरी एक दिनका लागि शैक्षिक गतिविधि स्थगित गरिएको हो।

महानगरपालिकाले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस ऐतिहासिक रथयात्रालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ। त्यसअनुसार महानगर क्षेत्रभित्रका सबै सामुदायिक र निजी विद्यालयमा बिहीबार नियमित कक्षा सञ्चालन हुने छैन।

महाशाखाले जारी गरेको सूचनामार्फत सम्बन्धित सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई निर्णयबारे जानकारी गराउँदै त्यसको पालना गर्न अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *