![](https://birgunjreport.com/wp-content/uploads/2022/09/g.jpg)
श्रेणी : अर्थ
8Views
0
Shares
काठमाडौं, भदौ १९ गते ।
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो ।तेजाबी सुनको मूल्य तोलामा ९३ हजार एक सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय पाँच रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेको हो । यससँगै आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया