माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन
श्रेणी : BANNER
8Views
0
Shares
कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुस २७ गतेसम्मको समय दिएका छन् । प्रदेश प्रमुख परियारले पुस २७ गते बुधबार साँझ ५ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आव्हान गरेका हुन् ।
कुनै एक दलको स्पष्ट बहुमत नभएकाले कर्णाली प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो । कर्णाली प्रदेशसभामा ४० सांसद छन् ।
कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक सांसद रहेका छन् । सरकार गठनका लागि २१ सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया