वीरगन्ज :

वीरगञ्जमा अतिक्रमणविरुद्ध फेरि एक्सन, गण्डक क्षेत्रमा पुनः डोजर चल्यो

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.1kViews
1630 Shares

वीरगंज (पर्सा), १९ असार । वीरगञ्जका मुख्य सडक फराकिलो बनाउने अभियानअन्तर्गत सडक विभागले अतिक्रमण हटाउने कार्यलाई पुनः तीव्र बनाएको छ। सडक डिभिजन कार्यालय, हेटौंडाले शुक्रबारदेखि गण्डक क्षेत्रमा सडक सीमाभित्र रहेका घर तथा अन्य संरचना हटाउन फेरि डोजर परिचालन गरेको हो।

विभागका इन्जिनियर दुर्गाप्रसादका अनुसार केही दिनअघि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएर आंशिक रूपमा भत्काइएको थियो। त्यसपछि सम्बन्धित घरधनीलाई भत्किएका संरचना, निर्माण सामग्री तथा अन्य सामान आफैं हटाएर सडक क्षेत्र खाली गर्न समय दिइएको थियो।

तर अधिकांशले निर्देशन पालना नगरेकाले सडक क्षेत्र पूर्ण रूपमा खाली गराउन विभागले पुनः डोजर परिचालन गरेको जनाएको छ। शुक्रबार विद्युत् आपूर्ति विच्छेद भइसकेका घर तथा संरचनालाई प्राथमिकतामा राखी हटाउने काम भइरहेको विभागले जानकारी दिएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार वीरगञ्जका मुख्य सडकलाई दायाँ–बायाँ २५/२५ मिटर कायम गरी विस्तार गर्ने योजनाअनुसार अतिक्रमण हटाउने अभियान सञ्चालन भइरहेको हो। विभागले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गण्डक क्षेत्रबाट अभियानलाई पुनः तीव्र बनाएको जनाएको छ।

सडक विभागले सडक सीमाभित्र परेका संरचना स्वेच्छाले हटाउन सम्बन्धित सबैलाई पुनः आग्रह गर्दै अटेर गरे प्रचलित कानुनबमोजिम हटाउने प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट गरेको छ। प्रशासनले सडक विस्तार कार्यमा सहयोग गर्न स्थानीयसँग समेत अपिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *