वीरगन्ज :

नारायणी अस्पतालमा १ करोड ३७ लाखमा नयाँ स्टोर भवनको शिलान्यास अध्यक्ष धिरजकुमार गुप्ता द्वारा

श्रेणी : BANNER

10 months
Pradeep Sah
1.8kViews
1152 Shares

बीरगन्ज,०४ भदौं । बीरगन्जको नारायणी अस्पतालमा स्टोर शाखाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ। बुधबार अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले भवनको शिलान्यास गरेका छन्।

अस्पतालको महेन्द्र आरोग्य भवन पछाडि, शव पोष्टमार्टम गृह नजिक रहेको १० धुर जग्गामा दुई तल्ले स्टोर भवन निर्माण थालिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण कार्य सुरु भएको अध्यक्ष गुप्ताले जानकारी दिए।

निर्माण कम्पनीसँग अस्पतालले ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ। हाल स्टोर शाखा महेन्द्र आरोग्य भवनको पुरानो जीर्ण भवनमा सञ्चालन हुँदै आएको र यसले खरिद गरिएका उपकरण, औषधि, सामग्री र रसायन व्यवस्थित रूपमा भण्डारण हुन नसकेको गुनासो अस्पतालले गरेको छ।

शिलान्यास कार्यक्रममा अस्पतालका मेसु डा. चुमनलाल दास, सूचना अधिकारी डा. उदयनारायण सिंह, प्रशासन प्रमुख हृदेश नारायण पर्वत, लेखा शाखा प्रमुख अवधकिशोर चौधरी लगायतको उपस्थिती थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *