![](https://birgunjreport.com/wp-content/uploads/2022/12/Dinmani-pokharel.jpg)
श्रेणी : समाचार
14Views
0
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
महान्यायाधिवक्ता डा पोखरेल प्यूठानको झिमरुक गाउँपालिका–४ निवासी हुन् ।महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया