वीरगन्ज :

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
33Views
0 Shares

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायलाई ‘विशेष परिस्थिति’ भन्दै मिनाह गरेका हुन्।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा घूस खोरी र अनियमिततागरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो।

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाह’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ।

गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *