वीरगन्ज :

तीन उपप्रधानमन्त्रीसहित चार मन्त्रीले लिए शपथ

श्रेणी : समाचार

3 years
birgunj report
61Views
0 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही मन्त्रीलाई शपथ खुवाएकी छन् । सोमबार अपरान्ह शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले शपथ लिएका हुन् ।

माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछाने, जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्री अब्दुल खानले शपथ लिएका छन्।

त्यस्तै एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले पनि मन्त्रीका रूपमा शपथ लिएका छन् । एमालेसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन्। राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *