वीरगन्ज :

आयोगले राष्ट्रपति भण्डारीलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचको परिणाम बुझाएको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारी समक्ष निर्वाचनको मत परिणामको विवरण बुझाएका हुन् ।

निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । निर्वाचन आयोगले बुधवार निर्वाचनको सबै परिणाम परिणाम घोषणा गरेको थियो । निर्वाचनको मत परिणाम अनुसार नेपाली काँग्रेसले ८९ सिट प्राप्त गरेको छ ।

त्यसैगरी एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट प्राप्त गरेका छन् । निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ उम्मेदवारको धरौटी रकम जफत भएको छ ।

त्यस्तै प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तिमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना(६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ ।

देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी २ पुसमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *