वीरगन्ज :

२५ न.वडामा ९० घन्टे सिलाइ कटाइ तालिम उद्घाटन

२५ न.वडामा ९० घन्टे सिलाइ कटाइ तालिम उद्घाटन

श्रेणी : BANNER

3 years
Pradeep Sah
32Views
0 Shares


सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ९० घन्टे सिलाइ कटाइ तालिम आज उद्घाटन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बीरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा सो तालिम भएको हो ।तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जन टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए।उनले भने घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिपबाट घर ब्यवहारमा राहत होस् भन्ने योजना रहेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष चतुर्बेदीले आग्रह गर्नु भएको थियो।तालिमको उद्घाटन समारोहमा वडा सचिव हरेराम चौधरी ,महिला वडा सदस्य फुलेनिया देवी,बँका पटेल,बृजमोहन प्रसाद , प्रशिक्षक राधा चौधरी ,साहिना खातुन लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।तालिममा ३५ जना महिलाहरुको सहभागी रहेको थियो।सरिता सीप कला केन्द्र बीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो कार्यक्रमको सहजिरण बंशीधर गुप्ताले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *