वीरगन्ज :

चीनको शून्य कोभिड नीतिमा व्यापक परिवर्तन

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
25Views
0 Shares

चीनले मानिसहरूलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पार्नेसहित अन्य गम्भीर कोभिड नीतिहरू परिवर्तन गरेको छ । सङ्क्रमण रोकथामका लागि जारी गरिएका कडा नियन्त्रणविरुद्ध विरोध प्रदर्शन सुरु भएको एक सातापछि त्यस्तो कदम चालिएको हो ।

अब कोभिड सङ्क्रमण भएका व्यक्तिहरूमा मध्यम खालको लक्षण देखिए वा कुनै लक्षण नदेखिए राज्य सञ्चालित शिविरहरूमा नभई घरमै अलग्गै बस्न सक्छनेछन् ।

अब उप्रान्त उनीहरूले महत्वपूर्ण स्थानहरूमा प्रवेशका निम्ति परीक्षणको नतिजा देखाउनपर्ने छैन र स्वतन्त्रतापूर्वक देशभरि यात्रा गर्न सक्नेछन् ।

आममानिसहरूले केही राहत महसुस गरेको बताइरहेका छन् । यस किसिमका व्यापक परिवर्तनहरूले चीन अन्ततः आफ्नो शून्य–कोभिड नीतिबाट पछि हट्न लागेको र अन्य देशहरूजस्तै भाइरससँग अभ्यस्त हुन खोजिरहेको सङ्केत गर्छ ।

हाल चीनले सङ्क्रमणको सबैभन्दा ठूलो लहरसँग जुधिरहेको छ। प्रत्येक दिन ३० हजार भन्दाबढी मानिस सङ्क्रमित भइरहँदा उक्त बदलाव अपनाइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *