वीरगन्ज :

पूर्वाधार नभएको क्षेत्रमा राजधानी नसार्न एमालेको माग

श्रेणी : BANNER

2 years
birgunj report
45Views
0 Shares

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी दाङको देउखुरीमा मन्त्रालय सार्न खोजिएको प्रति नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आपत्ति जनाएको छ । पार्टीका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार जारी गरी आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रियताका लागि मन्त्रालय सार्ने काम गर्न खोजेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनी प्रदेशको अस्थायी मुकाम (राजधानी) बुटवलबाट हतारमा सार्ने प्रदेश सरकारको निर्णय र सक्रियताप्रति नेकपा (एमाले) रुपन्देहीको ध्यानाकर्षण भएको छ । अस्थायी मुकाम बुटवलमा सुविधासम्पन्न कार्यालयहरूका अतिरिक्त संसद् भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेको सर्वविदितै छ । राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पूर्वाधार समेत नभएको स्थानमा जबरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौँ ।’

एमालेले उक्त कार्यलाई तुरुन्त रोकी अबको नयाँ सरकार र संसद्को अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *