![](https://birgunjreport.com/wp-content/uploads/2022/11/collage-80-1024x768.png)
श्रेणी : BANNER
10Views
0
Shares
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा सत्तागठबन्धन दलतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला परातिज भएकी छन् । कोइरालालाई पराजित गर्दैै प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका छन् भने कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल यसअघि २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । त्यसबेला उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । पोखरेल २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया