वीरगन्ज :

रौतहट-३ बाट प्रभु साह चौथोपटक विजयी

श्रेणी : BANNER

3 years
birgunj report
30Views
0 Shares

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाश जैसवालले २५ हजार २०० मत पाए ।

साह यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन् । उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।

माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत पाएका छन् । नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *