श्रेणी : BANNER
      56Views
      
      
      0
      Shares
      
      
झापा । झापा क्षेत्र नम्बर-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
विजयी लिङ्देनले ४० हजार ६४८ मत ल्याए। उनका प्रतिस्पर्धी कांग्रेसका सिटौलाले ३७ हजार ३७२ मत ल्याए। लिङ्देनले सिटौलासँग ३ हजार २७६ मतको अन्तरले जित निकाले।
लिङ्देन झापा ३ बाट लगातार दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि २०७४ मा पनि सिटौलालाई नै पराजित गर्दै लिङ्देन विजयी भएका थिए।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया