
श्रेणी : BANNER
39Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना भइरहेको छ । नयाँबजारस्थित जुडो हलमा आज बिहानबाट मतगणना सुरु भएको हो । ७०९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले १७७ मतसहित अग्रता लिएको छ।
त्यस्तै, यादवलाल कायस्थ (पानीको जार)ले १०७, नेकपा एमाले (सूर्य)ले ९३, नेकपा माओवादी केन्द्र (हँसिया हतौडा)ले ७५ मत ल्याएका छन् । आइतबार भएको निर्वाचनपछि सबै मतपेटिका संकलन गरेर जुडो हलमा ल्याइएको थियो। राति २ः३० बजे बसेको सर्वदलीय बैठकले आज बिहानबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। यस क्षेत्र मा प्रतिनिधिसभातर्फ २९ जना उम्मेदवार छन्।


प्रतिक्रिया