श्रेणी : BANNER
वीरगंज, २२ कात्तिक / पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा घरदैलो गरेका छन् ।
द्विवेदीले वीरगञ्ज-१४ को गण्डक र बहुअरी टोलमा घरदैलो गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।
देशमा परिवर्तन ल्याउन पार्टीको राजनीति भन्दा माथि उठ्नु पर्ने बताउँदै अबको मार्ग स्वतन्त्रहरुले तय गर्ने तर्क दिँदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।आफ्नो क्षेत्रको घर घरमा पुगी ठूलाबडाहरुसँग आशिर्वाद लिनुका साथै महिला दिदी, बहिनी, आमाहरुसँग भेटघाट गर्दै आफ्नो माछा छापमा मतदान गर्न आग्रह गरेका थिए ।
घरदैलो अभियानको क्रममा स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीलाई नै आफ्नो अमूल्य मत दिएर विजयी गराउने स्थानीयहरुले प्रतिबद्धता जनाएका थिए ।
विगत तीन दशक बढि राजनीतिक क्षेत्रमा योगदान पु¥याएका द्विवेदीलाई पार्टीले मूल्याँकन नगरेपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टी भन्दा पनि जनताको हितको लागि सदैव अगाडि रह्ने द्विवेदीलाई यस पटक आफूहरुले मत दिएर विजयी बनाउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया