वीरगन्ज :

स्वतन्त्र उम्मेदवार द्विवेदीप्रति जनताको आकर्षण बढ्दै, निर्वाचन अघि नै जनताले विजयी तिलक लगाए

स्वतन्त्र उम्मेदवार द्विवेदीप्रति जनताको आकर्षण बढ्दै, निर्वाचन अघि नै जनताले विजयी तिलक लगाए

श्रेणी : BANNER

2 years
Pradeep Sah
18Views
0 Shares

वीरगंज (पर्सा), १८ कात्तिक ।
पर्साको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले आज बिरगंज महानगर वडा नं १५ लक्षमनवामा आम मतदातासंग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् ।
भेटघाटका क्रममा स्थानीयहरुले प्रतिनिधीसभा सदस्यका स्वतन्त्र उम्मेदवार द्विवेदी घरदैलोमा पुग्दा मतदाताहरुले बिजयको तिलक सहित लडु खुवाएका थिए । द्विवेदी पार्टी भन्दा पनि जनताको हितमा काम गरेको हुनाले उनको जित निश्चित रहेको मतदाताहरुले प्रतिबद्धता व्यक्त गरेका थिए । द्विवेदी जनताको हितको लागि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको हुनाले उहाँले पार्टी भन्दा जनतालाई महत्वपूर्ण बुझेको कारण पनि उनलाई जनताले सहयोग गर्ने द्विवेदीले विश्वास लिएका छन् ।
घरदैलो क्रममा उनलाई स्थानीय जनताहरुले जिताउने प्रतिबद्धता जनाएको थियो । घरदैलोको क्रममा जनताहरुले जित सुनिश्चित रहेको भन्दै आशिर्वाद सहित तिलक टिका लगाउँदै मिठाई समेत खुवाएका थिए । यसबाट द्विवेदीको जनताप्रति बढ्दो आकर्षण बढ्दै गएको देखिन्छ । विगतमा जितेका सांसदहरुले जनताको हित भन्दा पनि आफ्नो निहित स्वार्थ तथा पार्टीगत कार्य मात्रै गरेको हुनाले पार्टीका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवार दिवेदीलाई नै जिताउने प्रतिबद्धता समेत जनाएका थिए ।
घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *