वीरगन्ज :

‘नेपाल–पाकिस्तान मित्रता पार्क’ को विरोध

श्रेणी : मधेस

1 year
Pradeep Sah
1.9kViews
1169 Shares

जनकपुर,२० वैशाख । सिरहाको गोलबजारमा निर्माण गरिँदै गरिएको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ को विरोध चर्किएको छ। विरोध प्रदर्शनमा उत्रिएका धर्मराज हिन्दू सेनाका कार्यकर्ताहरूले पाकिस्तानका सेना प्रमुख असीम मुनिरको पुत्लासमेत जलाएका छन्।

विरोधको मुख्य कारण भारतको पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपाली युवा, सुदीप न्यौपानेको हत्या हो। हमलामा संलग्न आतङ्ककारीहरूले नाम र धर्म सोधेर हत्या गरेको भारतीय पक्षको दाबी छ, र उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाइएको छ।

यसै सन्दर्भलाई लिएर प्रदर्शनकारीहरूले पाकिस्तानप्रति असन्तुष्टि जनाउँदै नेपाल–पाकिस्तान मित्रता पार्क निर्माण योजनालाई खारेज गर्न माग गरेका हुन्। उनीहरूले “पार्क खारेज गर”, “राष्ट्रघाती योजना बन्द गर” जस्ता नारासमेत लगाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *