
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगको कार्यशैली ठिक नभएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत रावलले के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न नेपालको कानूनले दिन्छ ? भन्दै आयोगलाई प्रश्न गरेका छन् ।
उनले भनेका छन्, प्रत्यक्ष तर्फका उम्मेदवार कमल थापा र हृदयश त्रिपाठी र समानुपातिक उम्मेदवार एकनाथ ढकालका अलग पार्टी छन् । अलग चुनाव चिन्हमा उठाइएका उम्मेदवारका आधिकारिकता सम्बन्धी पत्रमा निजहरुको पार्टी प्रमुखको हैसियतले हस्ताक्षर छ । तिनै व्यक्तिहरु नेकपा (एमाले)को उम्मेदवार पनि बनेका छन् । जनताको तर्फबाट निर्वाचन आयोगलाई प्रश्नः के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न नेपालको कानूनले दिन्छ? यसो गर्न लोकतान्त्रिक मान्यताले दिन्छ?’
रावलले निर्वाचन स्वच्छ र मर्यादित बनाउने सुनिश्चितता आयोगको भएको बताएका छन् । उनले भनेका छन्, ‘निर्वाचन आयोगमा एउटै व्यक्तिको नाम एउटा पार्टीको प्रमुख र अर्को पार्टीको उम्मेदवार बनेर अभिलेख राख्न मिल्छ ? सार्वजनिकरुपमा आएका कुराहरु समेत आयोगले जानकारीमा राख्नु पर्छ भने आयोगमा नै कुनै व्यक्ति दुई पार्टीको नेता हुँदा कानून र लोकतान्त्रिक मान्यता आकर्षित नहुने भए निर्वाचनको स्वच्छता, मर्यादा र कानूनको उल्लंघन त्यहीबाट शुरु हुँदैन र? जनताले स्पष्ट जवाफ चाहेका छन् ।’


प्रतिक्रिया