वीरगन्ज :

नेपाली कांग्रेस क्षेत्र नं १(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी द्वारा वीरगंज वार्ड न १२ मा भेटघाट कार्यक्रम

नेपाली कांग्रेस क्षेत्र नं १(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी द्वारा वीरगंज वार्ड न १२ मा भेटघाट कार्यक्रम

श्रेणी : BANNER

3 years
Pradeep Sah
44Views
0 Shares

कार्तिक ९/वीरगंज

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी द्वारा वीरगंज महानगरपालिका वार्ड नं १२ मुर्लि मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस को चुनाव चिन्ह (गाछी) छापमा मतदान गर्न को निमित्त मतदाताहरु सँग भेटघाट को क्रममा बिहीबार मुर्लि मुर्लि मा कार्यक्रम भएको हो।

यस क्षेत्रबाट यसअघि निर्वाचित भएर गएका प्रदेशसभा सदस्यले क्षेत्र र जनताका लागि केहिपनि नगरेको आरोप लगाउँदै विकल्पका रुपमा कुर्मीलाई चुनेको स्थानीयहरुले बताए ।

पर्सा क्षेत्र नम्बर १ (ख) का नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीले मुख्यमन्त्री लालबाबु राउतले वीरगंजकाे समृद्धि र विकाससंग कुनै मतलब नै नराखेकाे बताएका छन् ।

उनले मुख्यमन्त्री राउतकाे क्षेत्रमा एउटा पनि नमूना सरकारी विधालय र नमूना स्वास्थ्य संस्था नभएकाे पनि बताए ।

उनले आफनाे पहिलाे प्राथमिकता सरकारी विधालय साथै प्राविधिक शिक्षा तर्फ प्राविधिक विद्यालय स्थापना गर्ने र सरकारी स्वास्थ्य संस्थाकाे सुधार गर्ने‌ बताए ।

वक्तव्य कै क्रममा पुर्ब सांसद तथा नेपाल कांग्रेस का नेता अनिल रुङ्गटा ले भने प्रदिप यादव ले आगामी ५ बर्ष देस नेपाली कांग्रेस मै बन्ने ठोकुवा गरेका छन् भने प्रदिप यादव ले बिकास नगरी मात्र भाषण गरेको ठोकुवा गर्दै लोकतान्त्रिक बाम गठबन्धन लाइ आफनो अमुल्य मत दिइ चुनाव जिताउन मतदाता सँग अपिल गरेका हुन्।

भेटघाट कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता को सभापतित्वमा तथा नेपाली कांग्रेस वार्ड नं १२ का बुथ सभापति को अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु अनिल सिंह,श्याम पटेल, लगायतकाे सहभागिता थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *