वीरगन्ज :

जसपाका बागी उम्मेदवार पार्टीबाट निष्काशित

श्रेणी : राजनीति

3 years
birgunj report
44Views
0 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारलाई कारबाही गरेको छ। आफ्नै उम्मेदवारविरुद्ध बागी बनेका उनीहरुलाई अनुशासन उल्लंघन गरेको भन्दै पार्टीबाट निष्काशित गरिएको केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।

‘पार्टी नीति, निर्णय विपरित स्वतन्त्र रुपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरुले पार्टी अनुशासन उलंघन गरी उम्मेदवारी कायम राखी रहेकोले उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको हो,’ उनले भने।

मधेस प्रदेश र अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच तालमेल गरिएको छ। ‘तालमेल भएका स्थानमा र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको छ। यसरी पार्टी निर्देशन विपरित पार्टी सदस्यहरुले उम्मेदवारी कायम राखी रहेका र पार्टीलाई असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेदवारहरुको पक्षमा प्रचार-प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश गरिन्छ,’ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *