वीरगन्ज :

संस्थापन इत्तर कांग्रेस पर्सामा जिम्मेवारी बाँडफाँट, वीरगंज संयोजकमा मनोज साह

श्रेणी : BANNER

8 hours
Pradeep Sah
2.4kViews
1748 Shares

वीरगंज, १६ असोज । नेपाली कांग्रेस(संस्थापन इत्तर)को १५औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै पर्सामा विभिन्न तहको संगठनात्मक जिम्मेवारी बाँडफाँट गरिएको छ।

नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजक विजय कर्णले वीरगंज महानगरपालिकाको संयोजक, सह–संयोजक तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय संयोजक मनोनयन गरेका हुन्।

मनोनयनअनुसार वीरगंज महानगरपालिकाको संयोजकमा मनोजकुमार साह र सह–संयोजकमा आदित्य उपाध्यायलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय संयोजकमा हरिन्द्रप्रसाद यादवलाई मनोनयन गरिएको छ।

कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारीसँगै संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ। मनोनयन पत्रमा पार्टीको नीति, सिद्धान्त, आदर्श र निर्णयलाई आत्मसात् गर्दै स्थानीय तथा क्षेत्रीय तहमा आवश्यक समन्वय, सहकार्य र एकता कायम गरी महाधिवेशनलाई सफल, मर्यादित र लोकतान्त्रिक रूपमा सम्पन्न गर्न नवनियुक्त संयोजकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख छ।

वीरगंज महानगर संयोजक मनोजकुमार साहलाई महानगरभित्र पार्टीका स्थानीय तहका नेता–कार्यकर्ताबीच समन्वय तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन जिम्मेवारी दिइएको छ। सह–संयोजक उपाध्यायले संयोजकलाई सहयोग गर्दै संगठनात्मक काममा सहकार्य गर्नेछन्।

त्यस्तै, क्षेत्रीय संयोजक हरिन्द्रप्रसाद यादवले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पार्टीको संगठनात्मक गतिविधि तथा महाधिवेशन तयारीमा समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको तयारीअन्तर्गत विभिन्न तहका अधिवेशन तथा संगठनात्मक प्रक्रिया अघि बढिरहेको छ। केन्द्रीय निर्वाचन समितिले पनि महाधिवेशनअन्तर्गतका विभिन्न तहका निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यसअघि पर्सा जिल्ला संयोजकको जिम्मेवारीसमेत विजय कर्णलाई दिइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *