वीरगन्ज :

प्रेस काउन्सिलकाको विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति

श्रेणी : BANNER

1 hour
Pradeep Sah
1.6kViews
1249 Shares

वीरगंज, १४ असोज । नेपाल पत्रकार महासंघले नेपाल प्रेस काउन्सिलका चारजना बोर्ड सदस्यले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै पूर्व लेखा समिति संयोजक दीपक पाण्डेलाई लक्षित गरी काउन्सिलको लेटरहेडमा जारी गरिएको विज्ञप्ति फिर्ता लिन माग गरेका छन्।

महासंघका अनुसार स्वरोजगारमूलक छापामाध्यमको लोककल्याणकारी विज्ञापनको रकम कटौती भएपछि उत्पन्न समस्याबारे असोज १३ गते महासंघ र काउन्सिलबीच छलफल भएको थियो। छलफलमा सामान्य भनाभन भए पनि बैठक हार्दिकतापूर्वक सम्पन्न भएको महासंघको दाबी छ।

तर, छलफलमा सहभागी नभएका चारजना बोर्ड सदस्यले व्यक्तिलक्षित विज्ञप्ति जारी गर्नु काउन्सिलको सन्तुलनकारी भूमिकामाथि प्रश्न उठाउने काम भएको महासंघले जनाएको छ।

यसअघि काठमाडौँ शाखाले समेत उक्त विज्ञप्ति संस्थागत हो कि होइन भन्दै प्रश्न उठाएको थियो। चार सदस्यले भने पाण्डेले काउन्सिल अध्यक्षलाई झ्यालबाट फ्याँक्ने चेतावनी दिएको भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *