वीरगन्ज :

जापान पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

1 hour
Pradeep Sah
2.8kViews
1632 Shares

बीरगंज,१४ असोज । जापानमा आकर्षक तलबको रोजगारी लगाइदिने प्रलोभन देखाएर १ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नीम एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक २६ वर्षीय दिपबहादुर तामाङ रहेका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्दै आएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सोमबार ललितपुरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङले जापानमा रोजगारी लगाइदिने भन्दै १५ जना युवायुवतीबाट १ करोड १ लाख रुपैयाँ रकम लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा खोजतलास गर्ने क्रममा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *